१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौं आइपुगे भारतीय विदेश सचिव श्रींगला



काठमाडौं : मंसिर ११, भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेका छन्।

चार्टर्ड जहाजमा बिहान ११ बजेतिर त्रिभुवन विमानस्थलमा उत्रिएका श्रींगलालाई परराष्ट्र सचिव भरतराज पौडेलले स्वागत गरेका थिए।

विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै श्रींगलाले आफू पहिला नै नेपाल आउन चाहेको भए पनि कोरोनाभाइरसका कारण सम्भव नभएको र अहिले नेपाल आउन पाएकोमा निकै खुसी भएको बताए।

विमानस्थलमा श्रींगलाले नेपालीमै बोलेका थिए। उनले पहिला पनि आफू काठमाडौं आएको र विदेश सचिवका रूपमा भने पहिलो पटक नेपाल आएको बताए। 


प्रतिक्रिया दिनुहोस !