१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौँ उपत्यकामा ७८५ सहित देशभर १६१४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जना संक्रमित भेटिएका हुन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १४३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको छ ।

नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ जना कोरोना संक्रमित थपिएका छन्।


प्रतिक्रिया दिनुहोस !