१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपालगञ्जमा राजाबादीहरुले निकाले मोटरसाइकल र्‍याली



नेपालगञ्ज– ‘राजसंस्था जिन्दावाद, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र कायम गर, राजा ल्याऊँ, देश बचाऊँ’ जस्ता नारा लगाउँदै राजाबादीहरुले ठूलो संख्यामा मोटरसाइकल र्‍याली गरेर नेपालगञ्ज बजार परिक्रमा गरेका छन् ।

नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरबाट निस्केको र्‍याली शहीद सेतु विकचोक, पुष्पलालचोक, वीरेन्द्रचोक, वीपीचोक, गणेशमानचोक, त्रिभुवनचोक हुँदै बागेश्वरी मन्दिर भएर र्‍याली वीरेन्द्रचोकमा आएर कोण सभा गरिएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर एवं राप्रपाका नेता डा. धवलशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्था फिर्ता ल्याउनका लागि बलिदानी दिन तयार रहनु पर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !