१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पुस १ गतेदेखि भक्तजनका लागि पशुपतिनाथको मन्दिर खुल्ने खुला हुने



काठमाडौँ– गएको चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आउँदो पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियम सम्बन्धी मापदण्डसमेत तयार पारेको कोषका सदस्यसचिवले जानकारी दिए । उनका अनुसार भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइने छ । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात महाज्योतिर्लिङ्गका रूपमा आस्था राख्ने मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका थिएनन् ।


प्रतिक्रिया दिनुहोस !