१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

गृहमन्त्रालयद्वारा प्रहरीका दुई जना एसपी र एक इन्सपेक्टरलाई निलम्बन



काठमाडौं : मंसिर १७, प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको आरोपमा गृहमन्त्रालयले २ जना एसपी र एकजना इन्सपेक्टरलाई निलम्बन गरेको छ ।

निलम्बनमा पर्नेहरुमा एसपीद्वय रामेश्वर यादव, विमल बस्नेत र इन्सपेक्टर मेघराजप्रसाद चौरासीया छन् । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसपछि मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए । 

प्रहरी प्रधान कार्यालयमा उनीहरुविरुद्ध गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेको थियो । यादव र बस्नेत दुवै विवादास्पद छविका अधिकृतका रुपमा चिनिन्छन् ।


प्रतिक्रिया दिनुहोस !