१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौँ उपत्यकामा ५६१ सहित देशभर १३४३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ।

त्यस्तै काठमाडौँ उपत्यकामा बिहीबार थप ५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४३५, भक्तपुरका २६ तथा ललितपुरका ८० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर २ हजार १ सय ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ।

हाल देशभर १५ हजार ७ सय ७६ जना सक्रिय संक्रमित छन् भने ५ सय ७६ जना क्वारेन्टिनमा छन्। हाल देशभर ३८८ जना संक्रमितको आईसीयु र ६५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भरहेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार २८९ पीसीआर परीक्षण भएको छ।


प्रतिक्रिया दिनुहोस !