१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौँ उपत्यकामा ४८४ सहित देशभर १०९६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ।

काठमाडौँ उपत्यकामा आइतबार थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३५१, भक्तपुरका ५९ तथा ललितपुरका ७४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ७ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।

हाल देशभर १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित छन् भने ५ सय ३६ जना क्वारेन्टिनमा छन्।


प्रतिक्रिया दिनुहोस !