१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ओली गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा उत्रियो : नेता शर्मा



२१ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिलेको सरकार गणतन्त्रविरोधीप्रति नरम देखिएको बताएका छन् ।

आइतबार सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्दै उनले नेकपाको सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आवाज सुनिन थालेको बताए ।

‘बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ’ उनले प्रस्तावमा भनेका छन्, ‘यसबाट नेपाली जनतामा ठूलो असन्तुष्टि पैदा हुँदै जाने सन्दर्भमा नेकपाको स्थायी कमिटी बैठक संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गरौं ।’

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्रविरोधीहरु उत्साहित देखिएका र खुलेआम संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका शर्माले टिप्पणी गरेका छन् ।

सरकारले कोराना भाइरसबाट जनताको जीवन रक्षा गर्नुका साथै पूर्ण रुपले आर्थिक गतिविधि सञ्चालनको अवस्था सिर्जना गर्नुपर्ने शर्माले बताएका छन् । ‘अन्य समस्याहरु समेत प्राथमिकता तोकि समाधान गर्नुपर्दछ’ उनले आफ्नो प्रस्तावमाथि स्थायी कमिटीमा छलफल माग गर्दै भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !