१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौँ उपत्यकामा ५९४ सहित देशभर १३८२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा ३ सय ३१ पुरुष र २ सय ६३ महिला छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय १२, भक्तपुरमा ६९ र ललितपुरमा १ सय १३ जना कोरोना संक्रमित थपिएका हुन्।

यससँग नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मंगलबार १ हजार ६ सय २१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ रहेको छ भने ५ सय २३ जना क्वारेन्टिनमा छन्।


प्रतिक्रिया दिनुहोस !