१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कार्यकर्ताले आफुलाई सभापति बनेको हेर्न चाहेको कोइरालाको दाबी



काठमाडौं : मंसिर २५, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनबाट आफू सभापति बनेको हेर्ने चाहना कार्यकर्तामा रहेको दाबी गरेका छन् । बिहीबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने टुङ्गो लागिनसके पनि कार्यकर्ताको चाहना भने आफूलाई सभापति बनेको देख्ने रहेको जिकीर गरे ।

कोइरालाको भनाइ थियो, ‘कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ । रामचन्द्रजी, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्मेवार व्यक्तिसँग छलफल भएको छैन ।’ महामन्त्री कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दाबी विरोधका काम बाँकी रहेकाले १४ औं महाधिवेशन फागुनमा सम्भव नभएको पनि बताए । महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने कोईरालाले बताए ।


प्रतिक्रिया दिनुहोस !