१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आजको सचिवालय बैठकमा ओलीलाई पेलेरै जाने प्रचण्ड र नेपालको तयारी



काठमाडौं : मंसिर २८, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज (आइतबार) बस्दैछ । सत्तारुढ नेकपा अध्यक्षद्वयको राजनीतिक प्रस्तावमाथि छलफल गर्न बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई अनिवार्य उपस्थिति गराउन प्रचण्ड र माधव नेपाल समुहको रणनीति छ ।

बैठक सुरु हुन एक दिनअघिसम्म पनि सहमति जुटाउने प्रयास असफल भएको छ । सात दिनअघि २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आजसम्म बैठक स्थगित गर्ने निर्णय गरे पनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेन । बरु दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् । दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भैरहेको नेताहरुले बताएका छन् ।

२१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोगपत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशससिहतको पत्र पठाएका थिए । मङ्सिर १३ गतेको बैठकमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गएको कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावबारे नेकपाका शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ । प्रचण्डले सार्वजनिक कार्यक्रममै ओलीको बैठक नमान्ने प्रवृत्तिप्रति आक्रोश पोखिरहेका छन् । अध्यक्षद्वयबीच सहमति नजुटेको अवस्थामा आज पेलेरै जाने रणनीति प्रचण्ड–नेपाल पक्षको छ ।


प्रतिक्रिया दिनुहोस !