१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सिद्धबाबाका पक्षमा विवादास्पद फैसला सुनाउने न्यायधीशविरुद्ध उजुरी



काठमाडौं : मंसिर २८, सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरी प्रतिवादी भएको एक विवादास्पद फैसलाबारे न्याय परिषद्मा उजुरी परेको छ । पीडित महिलाले आइतबार न्यापरिषद्मा उजुरी दर्ता गराएको न्याय परिषद्का सचिव देवेन्द्रराज ढकालको सचिवालयमा कार्यरत अधिकृत रमेश आचार्यले रातोपाटीलाई जानकारी दिए । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबाका पक्षमा सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालाले फैसला गरेपछि उनी विवादमा तानिएका थिए । पीडित पक्ष मंसिर २४ गते नै उजुरीका लागि न्याय परिषद् पुगेका भएपनि प्रक्रिया पुर्याएर आजमात्रै उजुरी दर्ता भएको हो ।

गिरीमाथि अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । गत मंसिर २२ गते न्यायाधीश कोइरालाको इजलासले उनीमाथि लागेको अभियोग दाबी नठहर्ने भन्दै सफाई दिएका थिए । गिरीमाथि अनुयायी महिलालाई २०७६ कात्तिक ४ गते आफ्नै आश्रममा बलात्कार गरेको आरोप लागेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।


प्रतिक्रिया दिनुहोस !