Friday, May 23, 2025

ट्रेन्डिङ :

हामी तीनमध्ये एक जना सभापतिको उम्मेदवार : कोइराला

spot_img
spot_img

काठमाडौ : मंसिर २९, कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारबाट तीनमध्ये एक जना सभापतिको उम्मेदवार बन्ने बताएका छन्। कांग्रेसको घोषित देशव्यापी आन्दोलन सञ्चालनका निम्ति विराटनगर पुगेका कोइरालाले सोमबार कोइराला परिवारबाट सल्लाहअनुसार नै कांग्रेसको भावी नेतृत्वमा एक जना पुग्ने बताएका हुन्।

उनले डा. शेखर कोइराला, सुजाता कोइराला र आफूबीच सल्लाह गरिकन नै एक जना सभापतिको उम्मेदवार हुने बताए। ‘हामी कोइराला परिवारमा तीन जना उम्मेदवार हुने व्यक्ति छौं, हामी बसेर सल्लाह गरिकन नै एक जना उम्मेदवार बन्छौं,’ कोइराला निवासबाट सोमबार बिहान शशांकले पत्रकारहरूसँग भने। उनले महाधिवेशन फागुनमा हुन सम्भव नरहेको बताए। कोइरालाले पार्टीको तल्लो तहसम्मको अधिवेशन, कोरोना संक्रमणको अवस्थालगायत कारणले फागुनमा महाधिवेशन हुन नसक्ने तर जेठमा जसरी पनि हुने बताए।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?