१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

रावल र भुसाल सितलनिवास पुगेपछि कार्यालय सचिव हरी पौडेल फरार



काठमाडौं : मंसिर १, नेकपा स्थायी कमिटीका सदस्य भीम रावल र पम्फा भुसाल ८३ जना सांसदहरुको हस्ताक्षर सहितको पत्र बोकेर बुधबार दिउँसो १२ बजेर ४८ मिनेट जाँदा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेपछि शीतलनिवासस्थित सचिव हरी पौडेल फोन अफ गरेर दिनभर बेपत्ता छन् ।

पाँच घण्टासम्म कुर्दा पनि चिठी दर्ता हुन नसकेपछि नेता रावल आक्रोशित भएर मिडियामा सचिव पौडेल विरुद्ध खनिएका छन् । नेता रावल र नेतृ भुसाल पत्र दर्ता नहुँदासम्म शीतलनिवासमै रहने भएका छन् । जति घण्टा, जति रात, जति दिन हुन्छ, अब यहाँ बसिरहने संकल्पका साथ बसिराखेका छौं रावलले एक अनलाइनसंग कुरा गर्दै भनेका छन् ।’

माननीय पम्फा भुसालजी र म अहिले राष्ट्रपति निवासमा छौं । हामी १२ बनेर ४८ मीनेटमा यहाँ आएका हौं, अहिले कति घण्टा भयो, आफैं हिसाब गर्नोस् । जुन, अध्यादेश हठातरुपमा ल्याइयो । त्यसमाथि संसदमा छलफल गर्न आवश्यक भएको तर अहिले प्रतिनिधिसभाको बैठक नचलिरहेको अवस्था हुनाले तत सम्बन्धमा तुरुन्त, अबिलम्ब संसदको बैठक बोलाउन माग गरेर राष्ट्रपतिज्यूका नाममा पत्र लिएर हामी शीतलनिवास आएका छौं रावलले भने ।

यस्ता पत्रहरु कुनै पनि कार्यलयमा आएपछि दर्ता गर्ने गर्ने कुरा कार्यालयको स्वाभाविक प्रक्रिया हो । राष्ट्रपति कार्यालय होस् वा अरु कुनै पनि कार्यलय होस् ।

हामीले औपचारिकरुपमा जनताले चुनेका हामी ८३ जना प्रतिनिधिसभाका सदस्यहरुले विधिवत् रुपमा पत्र लेखेर राष्ट्रपति कार्यालयमा आएका छौं । यहाँका सचिव श्री हरी पौडेलजी हुनुहुन्छ । उहाँले नै म राष्ट्रपतिज्यूलाई जानकारी गराएर तपाईहरुलाई तुरुन्तै दर्ता नम्बर दिन्छु भनेर उहाँ जानुभएको हो । गैसकेपछि उहाँको फोन स्वीच्ड अफ छ । कुराकानी गर्न पाएका छैनौं । अरु साथीहरुबाट के भैरहेको छ भन्ने यसो सूचना मात्रै प्राप्त गरेका छौं । हामी अहिलेसम्म यहीँ राष्ट्रपति कार्यालयमै छौं ।

अध्यादेश फिर्ता लिने निर्णय भए/नभएको हामीलाई केही पनि थाहा छैन । पार्टीको स्थायी कमिटीको बैठक बसिसकेका बेलामा, संसदको बैठक बोलाउन थोरै दिनमात्र बाँकी रहेका बेलामा यो अध्यादेश आयो । मैले पटक-पटक सार्वजनिकरुपमा भनेको छु, हामीले संविधान निर्माणका बेलामा भनेका थियौं, संवैधानिक परिषद भनेको स्वतन्त्र र निश्पक्षरुपमा काम गर्ने निकाय हो रावलले आक्रोश पोखे ।


प्रतिक्रिया दिनुहोस !