१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

१० सहसचिवको काज सरुवा



२ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालयले बिभिन्न मन्त्रालय र निकायका सहसचिवहरुको बुधबार काज सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार सूचना विभागका सहसचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी गण्डकी प्रदेशबाट हालैमात्र सरुवा भएर सूचना विभाग आएका थिए । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारनाथ अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै झक्क आचार्य अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् ।


प्रतिक्रिया दिनुहोस !