१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

जग्गा किर्ते गर्ने मालपोत कार्यालयका प्रमुखसहित ५ कर्मचारी जेल चलान



काठमाडौं पुस २, जग्गा किर्ते गरेको आरोपमा मालपोत कार्यालय पर्साका निमित्त प्रमुख सुमन झासहित ५ कर्मचारी कारागार चलान भएका छन् ।

जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका पाँचै जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको हो ।

कारागार चलान हुनेहरुमा निमित प्रमुख झासहित मालपोत कार्यालय नायब सुब्बा श्रीनारायणप्रसाद साह, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानुन र किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवल प्रताप राणा रहेका छन् ।

मालपोत कार्यालयका निम्ति प्रमुख झासहित पाँचै जनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मेनरोडस्थित करोडौं मूल्यको जग्गा किर्ते नामसारी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !