१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

राष्ट्रपति भण्डारीमाथि काङ्ग्रेसको गम्भीर आरोप



काठमाडौं : पौष ३, नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भीर आरोप लगाएको छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक राष्ट्रपति नै संविधानको प्रतिकुलतामा उभिएको आरोप लगाएका हुन् । शुक्रबार नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक खाँडले यस्तो आरोप लगाएका हुन् । 

उनले संवैधानिक राष्ट्रपति संविधानको प्रतिकुलतामा उभिदा लोकतान्त्रिक प्रणाली नै कमजोर बन्ने बताए । पछिल्लो समय राष्ट्रपतिको भुमिकाको सम्बन्धमा जनतामा तिव्र बिरोध हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन नै बाधा पुर्याउने उनले बताए । उनले भने, ‘राष्ट्रपति संविधानको प्रतिकुलतामा उभिनु, राष्ट्रपतिको जनतामा तिव्र बिरोध हुनु, त्यसले गम्भिर आघात पु¥याउँछ । गणतन्त्रलाई सबल बनाउन पनि बाधा पु¥याउँछ । राष्ट्रपति गम्भिर बन्नुस् भन्ने कांग्रेसको सल्लाह छ ।’

सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश र सर्वसत्तावादी सोचलाई अगाडि बढाएको समेत प्रमुख सचेतक खाँडले बताए । सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश माथि नागरिकको तिब्र विरोध हुँदाहुँदैपनि स्वीकृत गर्नु राष्ट्रपतिको कमजोरी भएको पनि प्रमुख सचेतक खाँडले बबताए । उनले भने,  ‘राष्ट्रपतिले राम्रो गर्नुभएन । संविधानको पालना गर्ने, संविधानको रक्षा गर्ने प्रमुख दायित्व राष्ट्रपतिको हो । सरकारले गरेको निर्णय संविधानको प्रतिकुल छ भने सरकारलाई सच्याउन राष्ट्रपतिले सुझाव दिने, सल्लाह दिने परम्परा छ । संसारभरीको चलन छ । यही अध्यादेश केही समय अघि ल्याउँदा सबै राजनीतिक दल, कानुन, विज्ञ, मिडियाले विरोधका कारण फिर्ता लिईएको थियो । फिर्ता गरिसकेको अध्यादेश लैजाँदा राष्ट्रपतिले त्यति चाँडो स्वीकृत गर्नु उहाँको कमजोरी हो ।’  


प्रतिक्रिया दिनुहोस !