
काठमाडौं : पौष ३, पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १७ सय ६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर गरिएका पाँच हजार सात सय ६ मध्ये ७ सय ८२ जनाको नतिजा पोजेटिभ आएको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा एक हजार २९ जना निको भएका छन् ।