१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

फेरी सर्जिकल स्ट्राइकको तयारीमा भारत, कडा बदला लिने पाकिस्तानको चेतावनी



काठमाडौं : पौष ४, पाकिस्तानका विदेशमन्त्री कुरेशीले भारतले पाकिस्तानमाथि ‘सर्जिकल आक्रमण गर्ने तयारी गरिरहेको’ आरोप लगाएका छन्  । युनाइटेड अरब इमिरेट्सको राजधानी अबु धाबीमा पत्रकारहरुसँग शुक्रबार कुराकानी गर्दै पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेशीले भारतले आक्रमण गरे पाकिस्तानले प्रत्याक्रमण गर्ने चेतावनी दिएका छन् ।

आफ्ना गुप्तचर स्रोतले भारतले पाकिस्तानी भूमिमाथि घात लगाएर आक्रमण गर्ने तयारी गरिरहेको सूचनाहरु संकलन गरेको जानकारी पनि कुरेसीले दिएका छन् ।

उनले पत्रकारहरुलाई जानकारी दिएअनुसार, यो निक्कै गम्भीर कुरा हो । उनले भारले आफ्ना नजिकका सहयोगीहरु ठानेका मुलुकहरुबाट त्यस कार्यमा सहमति प्राप्त गर्नको लागि कोशिश गरिरहेको पनि आफ्नो जानकारीमा रहेको बताए ।

भारतको सम्भावित सैनिक आक्रमणका विरुद्ध अन्तर्राष्ट्रिय समुदायलाई सचेत गर्दै पाकिस्तानले तनावलाई कम गर्न सहयोगका लागि अनुरोध समेत गरेको छ ।

यी दुई आणविक शक्ति सम्पन्न मुलुकबीच यसअघि तीनवटा युद्ध भइसकेका छन् । अहिले यी दुई मुलुकबीच तनाव घनीभूत ढंगले चर्कंदै गइरहेको छ  । दुवै मुलुकले यतिखेर आफूलाई उच्च सैनिक सतर्कताको स्थितिमा राखेको छ । गत फेबु्रअरीमा भारतले पाकिस्तानी सीमामा घुसेर बमवर्षा गरेपछि र पाकिस्तानले पनि भारतीय फाइटर जेटलाई गोली हानेर खसालेको थियो । त्यसको केही समयपछि पाकिस्तानले आफ्नो कब्जामा रहेको भारतीय पाइलटलाई फिर्ता बुझाइदिएको थियो ।

पाकिस्तानी विदेशमन्त्रीले उक्त घटनाको स्मरण गराउँदै पाकिस्तान पूर्ण रुपमा तयार रहेको र कुनै पनि किसिमको आक्रमण भएमा त्यको कडा जवाफ दिने चेतावनी दिएका छन् ।

पछिल्लो चरणमा यी दुई मुलुकबीच फेरि चर्केको तनाव यतिखेर विस्फोटक स्थितिमा पुगेको छ । 


प्रतिक्रिया दिनुहोस !