Friday, January 24, 2025

ट्रेन्डिङ :

स्वास्थ्य सामग्री खरिदमा आफ्नो संलग्नता नरहेको मन्त्री ढकालको जिकिर

spot_img
spot_img
spot_img

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ५१ करोड बढी भ्रष्टाचार भएको भनिएको स्वास्थ्य सामग्री  खरिदमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।

कोरोना महामारीको सुरुवाती चरणमा नेपालमा स्वास्थ्य सामग्री खरिदमा प्रश्न उठेपछि सार्वजनिक लेखा समितिले शुक्रबार मन्त्री ढकाललाई नै छलफलमा बोलाएको थियो ।

बैठकमा मन्त्री ढकालले स्वास्थ्य सामाग्री खरिद प्रकिया स्वास्थ्य सेवा विभागको महानिर्देशकको नेतृत्वमा भएको र त्यहाँ मन्त्रीको हैसियतले कुनै पनि अतिक्रमण नगरेको दावी गरे ।

‘औषधि खरिद प्रकियामा मन्त्रीको हैसियतले मेरो कुनै भूमिका छैन, यदि विभागको कुनै कर्मचारीले अनियमितता गरेको प्रमाणित भए कारवाही गर्नको लागि सघाउनेछु र, मेरो संलग्नता प्रमाणित भए म सजायको भागिदार बन्नेछु’ उनले  भने ।

मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा अनियमितता नै नभएको समेत दावी गरे । त्यसलाई पुष्टि गर्न २ तर्क पेश गरे । पहिलो, खरिद प्रकियामा संलग्न भएका २ कम्पनीमध्ये सस्तोमा सामान उपलब्ध गराउने कम्पनीलाई ठेक्का दिइएको हो ।

दोस्रो, पहिलो चरणमा २० करोड रुपैयाँको सामान ल्याएको ओम्नी बिजनेस कर्पोरेसनलाई १ रुपैयाँ पनि भुक्तानी नदिएकाले कसरी भ्रष्टाचार भयो ?

उनले भने, ‘हामीले उल्टै ओम्नीलाई कालोसूचिमा राखेर धरौटी समेत जफत गरेका छौं ।’

बैठकमा सांसदहरुले स्वास्थ्य सामाग्री खरिद प्रकियामा मन्त्रीका विज्ञ सल्लाहकार खेम कार्कीलाई किन सहभागी गराएको भनी प्रश्न गरेका थिए । तर मन्त्री ढकालले खरिद प्रक्रियामा सम्पूर्ण रुपले स्वास्थ्य सेवा विभागका महानिर्देशक जिम्मेवार रहेको र आफ्ना विज्ञ सल्लाहकारले विषयको जानकार भएकाले सल्लाह मात्र दिएको जिकिर गरे ।

उनले खरिद प्रकियामा कुनै हस्तक्षेप नगरेको बताउँदै विभागीय मन्त्रीको हिसाबले  मन्त्रिपरिषदमा प्रस्ताव लैजान स्वीकृति दिएको र सहजीकरण गरेको  जिकिर गरे ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?