१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

निर्णायक वार्ता गर्न प्रचण्ड निवास खुमलटार पुगे ओली



काठमाडौं : पौष ४, पार्टी फुटको संघारमा पुगेको बेला प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका छन् । प्रधानमन्त्रीले शुक्रबार साँझकै भेटमा आफू निर्णायक छलफलका लागि शनिबार खुमलटार आउने प्रचण्डलाई जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओली प्रायः भेटवार्ताका लागि कुनै नेताको घरमा जाँदैनन् । उनी विपक्षी दलको नेता हुँदा पनि तत्कालीन प्रधानमन्त्री र अन्य शीर्ष नेताहरु बालकोटमै जाने गर्थे । पार्टी विवादको बीच एकपटक ओली वामदेव गौतमको निवासमा खबर नै नगरी गएका थिए । प्रचण्ड निवासमा प्रकाश दाहालको पहिलो वार्षिकीको दिन पुगेका थिए ।

ओली प्रचण्ड निवास खुमलटार पुगेपछि प्रधानमन्त्री ओली लचिलो बनेको राजनीतिक वृतमा चर्चा चलेको छ । पार्टीमा दुवै अध्यक्षका अभियोग र प्रतिअभियोपत्र फिर्ता गराएर सहमतिमा फर्काउँन वामदेव गौतमसहित दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराई सक्रिय रहेका बेला ओली प्रचण्ड निवासमै जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सचिवालयका नेताहरु ईश्वर पोखरेल, रामवहादुर थापा र महासचिव विष्णु पौडेल पनि दुबै आरोप–प्रत्यारोप फिर्ता गराएर दुई अध्यक्षको संयुक्त प्रस्ताव बैठकमा लैजान प्रयासरत छन् ।


प्रतिक्रिया दिनुहोस !