१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कर्णाली प्रदेशको पहिलो चौमासिकमा ४ प्रतिशत बजेट मात्रै खर्च



काठमाडौं : पौष ४, कर्णाली प्रदेशको चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ४ प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारको करिब चार प्रतिशत बजेट खर्च भएको हो । प्रदेश सरकार अन्तर्गतकको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय अनुसार निकायले पहिलो चौमासिक अवधिमा एक अर्ब १२ करोड ९९ लाख ८४ हजार १२९ खर्च भएको छ । तीमध्ये चालुतर्फ साढे छ प्रतिशत अर्थात् ६७ करोड ५१ लाख ८९ हजार ३०७ र पूँजीगततर्फ साढे दुई प्रतिशत अर्थात् ४५ करोड ४७ लाख ९४ हजार ८२२ रहेको छ ।

यद्यपि, गत वर्षको यस अवधिको तुलनामा यस वर्षको बजेट खर्च केही सुधारोन्मुख छ । गत वर्ष यही अवधिमा एक प्रतिशतमात्र बजेट खर्च भएको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयको पूँजीगत खर्च शून्य छ । विनियोजित बजेटका आधारमा प्रदेशसभाले सबैभन्दा बढी रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !