१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

तीन मन्त्रीसँग प्रधानमन्त्री ओलीको छलफल



काठमाडौं : पौष ४, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेका छन्।शनिबार प्रधानमन्त्री ओली बादल निवास पुल्चोकमा पुगेर सचिवालय सदस्य तथा गृहमन्त्री थापासँग छलफल गरेका हुन्। ओली गृहमन्त्री ‘बादल’को निवासमा एक्लाएक्लै छलफलमा जुटेको बताइएको छ। बादलसँगको भेटवार्ता चलिरहँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ पनि छलफलमा सहभागी हुन पुगेका थिए।

खुमलटारबाट प्रधानमन्त्री ओली बाहिरिए लगत्तै प्रचण्डसँग छलफल गर्न वरिष्ठ नेता माधव नेपाल पुगेका छन्।खुमलटारमा प्रचण्ड र उपाध्यक्ष वामदेव गौतम सँगको भेटवार्तापछि प्रधानमन्त्री ओली गृहमन्त्री बादल निवास पुल्चोकमा पुगेका हुन्।


प्रतिक्रिया दिनुहोस !