१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काँग्रेस र जसपाका शीर्ष नेताबीच भेटवार्ता



काठमाडौं : पौष ४, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताबीच भेटवार्ता भएको छ । छलफलमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता मिनेन्द्र रिजाल, रमेश लेखक र जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन् ।  

देउवा निवास बुढानीलकण्ठमा उनीहरुबीच दिउँसो तीन बजेबाट छलफल जारी रहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । शुक्रबार सभापति देउवाले संसदको विशेष अधिवेशन बेलाउन जसपाले सहयोग नगरेको आसयको ट्वीट गरेपछि जसपाका शीर्ष नेता बुढानीलकण्ठ पुगेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !