१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सर्वोच्चको बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी



काठमाडौं : पौष ५, सर्वोच्च अदालत बार एसोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी भएका छन् । उनी २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरेका छन् ।

वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मधेसी, आदिवासी, जनजाति) पेसागत कानुन व्यवसायी समूहको तथा अधिवक्ता खनालले प्रगतिशील, पेसागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व गरेका थिए । नयाँ कार्यसमितिका उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी भएका छन् ।

महिला सदस्यमा अमिता गौतम पौडेल तथा सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा। रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !