Sunday, March 16, 2025

ट्रेन्डिङ :

संसद विघटनपछि प्रधानमन्त्री ओलीद्वारा ४ वटै सुरक्षा निकायका प्रमुखसंग छलफल

spot_img
spot_img

काठमाडौं : ५ पुष । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरु छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार (आज) साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीबारे छलफल गरेका छन् ।

जानकारी अनुसार आइतबार (आज) विहान प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनका लागि सिफारिस गरेपछि राष्ट्रपतिले संसद विघटन गरेपछिको सुरक्षा अवस्थाको बारेमा जानकारी लिनका लागि चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटार बोलाएका हुन् ।राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि देशव्यापीरुपमा आक्रोश बढेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?