१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटार बोलाए



काठमाडौँ, ६ पुष । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू समर्थक सांसदहरूलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएका छन् ।

विघटनपछि बदलिएको राष्ट्रिय परिस्थितिको मूल्यांकन र आगामी रणनीति तयार गर्न ओलीले आफू पक्षधर सांसदहरूलाई बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीले आइतबार साँझ नै आफूनिकट शीर्ष सांसद र नेताहरूसँग भने छलफल गरेका थिए ।

प्रधानमन्त्रीनिकट एक नेताका अनुसार आफ्नो कदमको समर्थनमा को–को छन् भन्ने बुझ्नका लागि पनि ओलीले सोमबार बिहानका लागि बैठक बोलाएका हुन् ।

सो बैठकमा ओलीले प्रतिनिधिसभा र राष्ट्रिय सभाका आफ्ना पक्षधर सांसदहरूलाई बोलाएका छन् ।


प्रतिक्रिया दिनुहोस !