१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बैतडीमा ३ जना मिलेर विद्यालय भवनबाट एक करोड बढी भ्रष्टाचार



बैतडी : पौष ६, ओली सरकारका मन्त्रीपरिषद्कका सदस्यहरु नै करोडौं भ्रष्टाचारका काण्डमा मुछिएर बदनाम बनेर पार्टी नै विघटनको अवस्थामा पुगेको छ । त्यसको छाया स्थानीय सरकार र विकासका योजना बाडफाडमा पनि देखिनु स्वभाविक नै हो । केन्द्रीय नेताहरू नै भ्रष्टाचारमा मुछिएर राजीनामा दिन बाध्य मात्रै होइनन्, समाजका अगाडी मुख देखाउन समेत गह्रो भएको छ । त्यस्तै सुदुरपश्चिमको पहाडी जिल्ला बैतडीमा पनि एकै योजनामा करोड बढी भ्रष्टाचार भएपछि गाउँमा हंगमा मचिएको छ । बैतडीको शिवनाथ गाउँपालिका –४ लोजनी स्थित पिपलकोट माध्यामीक विद्यालयको भवन निर्माणमा सञ्चालक समितीका अध्यक्ष लोकेन्द्र चन्द, तत्कालीन प्रधानाध्यापक मोहन ठगुन्ना र प्रधानाध्यापक तेजबहादुर चन्दले विभिन्न श्रृषकमा रु. एक करोड बढी रकम हिनामिना गरेका छन् ।

लेखापरीक्षणबाट प्राप्त खुलस्त प्रमाण अनुशार उक्त विद्यालयको भवन निर्माणमा आर्थिक वर्ष २०७३–०७४ मा ४२ लाख ३९ हजार ३ सय ३३ रकम बेरुजु देखीएको छ। भवन निर्माणमा आर्थिक वर्ष ०७४–०७५ मा २ लाख एक हजार ६ सय र आर्थिक वर्ष २०७५–०७६ मा २२ लाख ९ सय ३५ अनियमीतता गरेको पाइएको छ।

विद्यार्थी भर्नामा लेखा परीक्षण नगराइ दूई आर्थिक वर्षमा ४ लाख रकम आर्थिक हिनामिना गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ। मेसिनरी सामाग्रि खरीदमा आर्थिक वर्ष २०७३–०७४ मा ६८ हजार ७ सय ९५, आर्थिक वर्ष ०७४–०७५ मा १ लाख ६९ हजार ४ सय ३८ रकम आर्थिक हिनामिना गरेको पाइएको छ। त्यस्तै सोही आर्थिक वर्षमा ५४ हजार ९६ रकम पारीश्रमिकमा हिनामिना गरेको लेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष २०७२–७३ देखी आर्थिक वर्ष ७५–०७६ मा बिभिन्न शीर्षकमा एक करोड ७ लाख ५७ हजार ९० रुपैया आर्थिक हिनामिना भएको छ। प्राप्त प्रमाणका आधारमा पिपलकोट माध्यामिक विद्यालयमा कार्यरत ११ जना शिक्षकको वार्षीक रुपमा हुनआउने तलब भत्ता भन्दा ६ लाख ६६ हजार २ सय ६२ रुपैया लेखा परीक्षणले प्रभावित गरेको दरबन्दी भन्दा बढी देखाइ आर्थिक हिनामिना गरेको पाइएको छ।

लेखा परीक्षणको प्रतिवदेन अनुसार ९८ हजार ९ सय ५७ रुपैया करको दाखिला नगरीएको समेत पाइएको छ।
लेखा परीक्षण प्रतिवेदन २०७२ देखी ०७४ को बुदा नम्बर १० र ११ मा ०७३–०७४ मा झण्डै ४२ लाख ४० हजार र ०७५–०७६ मा ५० हजार गरी झण्डै ४२ लाख ९० हजार बेरुजु देखाएको छ। त्यस्तै २ लाख ८ हजार ५ सय सामान्य सुसासन करमा दाखिला नगरेको लेखा परीक्षण प्रतिवेदनले प्रस्ट्याएको छ।

आर्थिक वर्ष ०७५–०७६ को पाना नम्बर ३ को १ बमोजिम ८ लाख रुपैया मुद्धती हिनामिना भएको छ। विंस। २०७३ मा ग्रेड समायोजन भएको भन्दा ७१ हजार ८ सय ४३ बढी रकम कुम्ल्याएको लेखा परीक्षणको प्रतिवेदनले देखाएको छ।

नगद मौज्दात राखी १० लाख २८ हजार बढी रकम हिनामिना गरेको पाइएको छ। विद्यालयमा उपकरण थप्ने भनि मेसेनरी सामाग्री खरीदमा २ लाख ३८ हजार आर्थिक हिनामिना गरेको पाइएको छ। तर विद्यालयमा भने उपकरण नभएको पाइएको हो। ५४ हजार रुपैया पारीश्रमीकमा हिनामिनामा गरेको पाइएको छ। श्रोतका अनुसार विद्यालय भवन निर्माणमा राहतकोटामा कार्यरत मोहन ठगुन्ना प्राध्यापक रहेका बेला उक्त उक्त रकम हिनामिना भएको हो। त्यसलगत्तै प्रधानाध्यापक ठगुन्ना केवल शिक्षक पदमा सिमित रही सोही विद्यालयका राहत कोटाका तेज बहादुर चन्दलाइ एकाएक प्रधानाध्यापको जिम्मेवारी दिइएको थियो। ठगुन्ना र चन्दकै कार्यकालमा उक्त रकम आर्थिक हिनामिना हुन गएको लेखा परीक्षणको प्रतिवेदनले उल्लेख गरेको छ।

लेखा परीक्षणको ४२ पृष्टको प्रतिवेदनमा उक्त विद्यालयको ६ कोठे भवन निर्माणमा २२ लाख ९ सय ३५ रुपैया खर्च भएको उल्लेख गरेको छ। तर विद्यालय भवन निर्माणमा १ करोड बढी आर्थिक हिनामिना गरेको सप्रमाण भेटिन गएसँगै श्रोत भर्ना गर्न विद्यालयलाइ आदेश दिइएको छ।


प्रतिक्रिया दिनुहोस !