१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

लोभी अख्तियारका प्रस्तावित प्रमुख आयुक्त राई, एक वर्षसम्म पनि सरकारी गाडी फिर्ता गरेनन्



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रस्तावित प्रमुख आयुक्त प्रेम राईले सचिवबाट निवृत्त भएको एक वर्षसम्म पनि सरकारी गाडी फिर्ता गरेका छैनन् ।

गत २२ माघमा अवकाश पाएका उनले अहिलेसम्म गृह मन्त्रालयकै सवारीचालक र सुरक्षाकर्मी प्रयोग गरिरहेका छन् । सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर उनले चलाइरहेको गृह मन्त्रालयको स्रोतले जनाएको छ ।

त्यस्तै, कुनै निर्णयविना नै दुईजना प्रहरीसमेत पूर्वसचिव राईले घरमा राखेको स्रोतको दाबी छ । अवकाशप्राप्त व्यक्तिलाई सवारी दिने कुनै व्यवस्था नै छैन ।

संवैधानिक परिषद्ले आफूभन्दा कनिष्ठ व्यक्ति प्रेमकुमार राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिने तयारी गरेका छन् । उनले यसबारे आफूले निकटस्थहरूसँग छलफलसमेत गरेको स्रोत बताउँछ ।

निजामती प्रशासनमा राईभन्दा जोशी करिब पाँच वर्षअघि नै सचिव भएका थिए । आयोगमा राईको मातहतमा काम गर्नुपरे राजीनामा दिने उनको तयारी छ । यद्यपि, नियुक्तिको निर्णय नभएसम्म कुर्ने उनको योजना छ ।

सिफारिस भएपछि संसदीय सुनुवाइ के हुने भन्ने अझै टुंगो लागेको छैन । नयाँ पत्रिका दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस !