काठमाडौं, पुस ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी ओलीलाई पदबाट हटाएको छ । स्थायी कमिटीलगत्तै बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीलाई हटाउने र नेपाललाई मनोनयन गरिएको प्रस्ताव दर्ता गरिएको छ ।
स्थायी कमिटीको प्रस्ताव केन्द्रीय कमिटीले पारित गर्ने भएकाले अब दाहाल–नेपाल समूहमा ओलीको स्थानमा नेपाल नयाँ अध्यक्ष बन्नुहुनेछ ।