Monday, March 17, 2025

ट्रेन्डिङ :

अहिले म विवाह गर्ने मुडमा छैन : आलिया

spot_img
spot_img

एजेन्सी: पौष ८, बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टका विवाह खबरले बलिउड गर्माएको छ । केही समय अगाडि यो जोडीको यहि डिसेम्बरमा विवाह हुने हल्ला समेत चलेको थियो । विवाहको बिषयमा चलेको हल्लाको बिषयमा आलिया हरेक समय मौन रहँदै आएकी थिइन् । अहिले भने उनले मौनता  तोड्दै आफु सानै भएकोले विवाह गर्ने मुडमा आफु नरहेको बताएकी छन् ।

‘हरेकले किन मलाई सोधिरेहका छन् । कहिले विवाह गर्ने भनेर ?’ उनले अगाडि भनिन् ‘म अहिले २५ वर्षकी भए । मलाई लाग्छ अहिले विवाह गर्नु छिटो हुन्छ ।’ रणवीर र आलिया जोडीलाई पछिल्लो समय फ्यानले पनि रुचाएका छन् । कयौंपटक कपुर परिवारको कार्यक्रममा आलिया रणवीर एकसाथ देखिएका छन् । यहाँसम्मकी ऋषि कपुरको निधनको समय पनि पुरै कपुर परिवारको साथमा आलिया समेत रहेकी थिइन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?