१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

टोपबहादुर रायमाझी, प्रभु साह, र मणि थापा राप्रपामा प्रवेश गर्ने संग्रौलाको दाबी



काठमाडौं : पौष ११, प्रगतिवादी साहित्यकार, लेखक एवं राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले आज ओलीको सरकारमा मन्त्री खान गएका नेताहरु भोलि राप्रपामा पनि जानसक्ने बताएका छन्। शनिबार बिहान ट्वीट गर्दै संग्रौलाले उनी राप्रपामा पनि जानसक्ने विश्लेषण गरेका हुन्। संग्रौलाले नेकपाका नेताहरु प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापालाई खाओवादीको संज्ञा दिएका छन्। उनले पूर्वमाओवादीका तीन नेताहरु खाओवादी औतार धारण गर्दै रैथाने हिटलर केसीको कृपामा पुगेको भनेका छन्।

उनले आज खान पल्केकाहरु भोलि ओलीमा पनि नटिक्ने विश्लेषण गरेका छन्। पूर्वमाओवादीभित्र अस्थीर राजनीतिक पृष्ठभूमि बोकेका नेताहरुलाई संग्रौलाले यिनीहरु मन्त्री खान कमल थापाको राप्रपासम्म जानसक्ने विश्लेषण गरेका हुन्। उनीहरुलाई क्रान्तिकारी राजावादी भन्दै संग्रौलाले व्यंग पनि गरेका छन्। संग्रौलाले लेखेका छन् – माओवादी वृत्तबाट आएका प्रभु साह, टोपबहाुर रायमाझी र मणि थापा खाओवादी औतार धारण गर्दै रैथाने हिटलर ओली सरका कृपाले मन्त्री हुने भएछन्। आज खान पल्केपछि भोलि तलतल मेट्न यी ‘‘क्रान्तिकारी’’ राजावादी राप्रपाका विना विभागीय मन्त्री हुन बेर छैन ! हैट, नवोदित खानका कालहरू !


प्रतिक्रिया दिनुहोस !