१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

चितवनमा ओली समूहले ताला लगायो, प्रचण्ड नेपाल समूहले फोड्यो



चितवन : पौष ११, चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा केपी शर्मा ओली समूहले लगाएको ताला प्रचण्ड-माधव समूहले केही घण्टामै फोडेका छन् । भरतपुर महानगरपालिका ७ मदन आश्रित स्मृति भवनमा ओली पक्षका कार्यकर्ताले शनिबार बिहान ताला लगाएका थिए । तर, उनीहरुले लगाएको ताला प्रचण्ड-माधव समूहका कार्यकर्ताले फुटाएर कार्यालय सञ्चालन गरेको जनाएका छन् । साविक एमाले कार्यालयलाई सरकारी नेकपाले जिल्ला पार्टी कार्यालय बनाउँदै आएको छ । चितवन जिल्ला कमिटीमा प्रचण्ड माधव समूह हाबी छ ।


प्रतिक्रिया दिनुहोस !