१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीको काठमाडौंमा विरोध प्रदर्शन



काठमाडौं : पौष १२, प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म विरोध प्रदर्शन गरेको हो । अहिले प्रदर्शन जारी छ । प्रदर्शन शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत हुने जनाइएको छ । कोणसभालाई पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराई, महन्थ ठाकुर लगायतले सम्बोधन गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !