Saturday, January 18, 2025

ट्रेन्डिङ :

मन्त्री बनेपछि एमसीसीका बारेमा रायमाझीको बोली फेरियो

spot_img
spot_img
spot_img

काठमाडौं : पौष १२, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेको बताएका छन् ।

आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उनले भने, ‘यो अपराध हो, सैन्य आक्रमण हुन्छ भन्ने मलाई विश्वास छैन ।’

पछिल्ला हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएको भन्दै उनले अब पास गर्नुपर्ने बताए । उनले भने, ‘एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने त होइन । तर यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण नगर्ने हो भने खतम हुनेवाला छ ।’ पार्टी विभाजन हुनु भन्दा अघि प्रचण्ड समुहमा रहेको बेला मन्त्री रायमाझीले एमसीसी देशको हित विरुद्ध भएकाले खारेजी गर्नु पर्ने बताउदै आएका थिए । मन्त्री बन्नु अघि त्यही एमसीसी सम्झौता राष्ट्रघाती भएकाले संसदबाट पारित गर्न नहुने बताउदै आएका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?