१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेकपा विभाजनपछि नेपाल आयो चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि टोलि



नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी छिमेकी चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डल काठमाडौं आएको छ।  

त्रिभुवन विमानस्थल स्रोतका अनुसार एयर चाइनाको जहाज चार्टर्ड गरेर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतरि काठमाडौं ओर्लिएको हो। 

नेपाल र चीनबीच अहिले व्यावसायिक उडान सञ्चालन भइरहेको भए पनि उक्त टोली सिचुवान प्रान्तको राजधानी छेन्दुबाट जहाज चार्टर्ड गरेर काठमाडौं आएको हो।


प्रतिक्रिया दिनुहोस !