१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ओली समूह र प्रचण्ड-नेपाल समूहको बीचमा हात हालाहाल



कञ्चनपुर : पौष १२, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनपछि दुई समूहबीच कञ्चनपुरमा हात हालाहाल भएको छ । ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच आइतबार पार्टी कार्यालयमै हात हालाहाल भएको हो ।

प्रचण्ड–नेपाल समूहले आज पार्टी कार्यालयमा विस्तारित बैठक बोलाएको थियो । तर, ओली पक्षले पार्टीको आधिकारीक बैठक नभएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेपछि दुवै पक्षका कार्यकर्ताबीच हात हालाहाल भएको थियो । ओली पक्षले आधिकारीक रुपमा विभाजन नभएसम्म पार्टी कार्यालयमा कुनै किसिमको कार्यक्रम गर्न नपाइने अडान लिएको छ ।

यस्तै, प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमा तालाबन्दी गर्नु गलत भएको भन्दै ताला तोड्ने प्रयास गरेपछि हात हालाहाल भएको छ । झडपको स्थिति देखिएपछि स्थानीय प्रशासनले पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ । विवादका बीच प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालय परिसरमा भेला सम्पन्न गरेको छ ।


प्रतिक्रिया दिनुहोस !