१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

संखुवासभामा प्रहरीले नक्कली भीडन्तको अफवाह चलाएको विप्लवको दाबी



काठमाडौं : पौष १३, नेपाल कम्युनिस्ट पार्टीले संखुवासभामा प्रहरीले आफ्नो पार्टीका संखुवासभा सेक्रेटरी युवराज राईको घरमा गई उनीकी बहिनी चन्द्रकला राईलाई ढाड भाँचिने गरी कुटपीट गरेर अचेत बनाएको भन्दै गम्भीर आपत्ती जनाएको छ । उसले एक बिज्ञप्ती जारी गर्दै आफूहरुको सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेपनि परिस्थितीलाई उक्साउने, उत्तेजित बनाउने र दमन गरे ससक्त प्रतिरोध गर्ने नेकपाले जनाएको छ ।

त्यस्तै नेकपाले संखुवासभाको चैनपुर- ४ मैदानेमा भएको घटनालाई दोहोरो भीडन्त भएको भन्दै प्रकाशन तथा प्रशारण भएको समाचार प्रति खण्डन गरेको छ । प्रहरीले नक्कली दोहोरो भीडन्त बनाएर नागरिकमाथि दमन गरेको नेकपाले दावी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !