Thursday, January 23, 2025

ट्रेन्डिङ :

नेपालमा अमेरिका र चीनको लडाइँ, हामी सामाधानको पहलमा छौ : श्यामशरण

spot_img
spot_img
spot_img

काठमाडौं : पुस १५, नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दाबी गरेका छन् ।

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिको आडमा संसद विघटन गरेको चर्चा चलेको बेला नेपाल मामिलाका जानकार मानिने श्याम शरणले भारतको अंग्रेजी पत्रिका द ट्रिब्युनमा नेपालसम्बन्धी एक लेखमा सो कुरा उल्लेख गरेका छन् । शरणले भनेका छन्, ‘यो पछिल्लो संकट कसरी अगाडि बढ्छ हामीले प्रतिक्षा गर्नुपर्छ र हेर्नुपर्छ ।’

उनले सरकारी नेकपामा पछिल्लो समयमा देखिएको विवाद मिलाउन चीन लागेको समेत दावी गरेका छन् ।  ‘निश्चय नै चाइनिज एक्टीभिस्ट–राजदूत रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त रहेकी छिन् । चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय पार्टी टिमलाई नेपाल पठाएको छ। ‘यसले पछिल्लो घटनाक्रमप्रति चीनको चासोलाई प्रतिविम्बित गर्छ ।

उनले नेपालजस्तै एकदमै संवेदनशील मुलुकमा भारतको दीर्घकालीन चासो स्थीर बहुदलीय प्रजातन्त्र र आर्थिक समृद्धिबाट मात्र पूरा हुनेसमेत उल्लेख गरेका छन् । त्यसका लागि भारत एक महत्वपूर्ण साझेदार रहेको समेत उनले उल्लेख गरेका छन् ।

उनले ओलीलाई सहयोग पुर्याउनु वा स्पष्ट रुपमा राइट विंग गठबन्धनलाई सहयोग गरेर नेपाल कम्युनिष्ट पार्टीलाई विस्थापित गर्नु एकदमै क्षणिक दृष्टि हुनेसमेत बताएका छन् ।

शरणले पछिल्लो समय काठमाडौंमा अमेरिका र चीनको विचमा भइरहेको पावर प्लेमा नयाँदिल्ली साइड सो हुने खतरासमेत देखिएको आफ्नो लेखमा उल्लेख गरेका छन् ।उनले नेपालको अहिलेको राजनीतिक संकट चीनका लागि ट्क्याटीकल सेटब्याक भएपनि यसबाट भारतलाई केही पनि फाइदा नहुने समेत उल्लेख गरेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?