१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

यमनको विमानस्थलमा बम विष्फोट : २२ जनाको मृत्यु, ५० बढी घाइते



एजेन्सी : पुस १६, यमनको एउटा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा धेरै घाइते भएका छन् । केही समयअघि गठन भएको सरकारका सदस्यहरू चढेको विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ ।

यमनको दक्षिणी भागमा रहेको एडन सहरको विमानस्थलमा भएको विस्फोटमा सहायतामा जुटेकाहरू र अरु अधिकारीहरू रहेको खबरमा उल्लेख छ । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएको बीबीसीले जनाएको छ ।

यमनको एउटा समाचार वेबसाइट अल-मस्दरले श्रम मन्त्रालयका उप-सचिव मारिएका र दुई जना उप-मन्त्री घाइते भएका उल्लेख गरेको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूले विस्फोट गराएको आरोप लगाए ।

यमन सन् २०१५ देखि द्वन्द्वको चपेटामा छ । यमनमा द्वन्द्वका कारण एक लाख १० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका बताइएको छ । द्धन्दका कारण यमनका लाखौं मानिसलाई भोकमरीको चपेटामा पारेको छ । कोरोना महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ ।


प्रतिक्रिया दिनुहोस !