१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पप्पु कन्स्ट्रक्सनका रौनियारसहित ५ जनाबिरुद्ध भ्रष्टाचारको मुद्दा



काठमाडौं पुस १६, पप्पु कन्स्ट्रक्सनका प्रतिनिधि सुमित नियारसहित पाँच जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । टेकुमा निर्माणाधिन पक्की पुलमा अनियमितता भएको उजुरीबारे अनुसन्धानपछि अख्तियारले तत्कालिन दिगो शहरी यातायात आयोजनाका निमित्त प्रमुख बेल बहादुर नेपालीबिरुद्ध पनि मुद्दा दायर गरेको छ ।

टेकुको पुल चिनियाँ कम्पनी झोङ्दिङ इन्टरनेशल इन्जिनियरिङ कम्पनीसँगको जेभीमा पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । तर, स्वीकृत डिजाइन तथा स्पेशिफिकेशन बमोजिम निर्माण नगरेकोबारे आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानबाट भ्रष्टाचार गरेको आरोपमा सुमित रौनियार, बेल बहादुर नेपाली, आयोजनाका तत्कालिन लेखा अधिकृतहरु नारायणबहादुर थापा, गिरी प्रसाद श्रेष्ठ, र श्याम बहादुर खत्रीबिरुद्ध अख्तियारले विशेष अदालतमा रिट दायर गरेको छ ।

आरोपीहरु उपर १ करोड १४ लाख ७६ हजार बिगो मागदावी गरिएको छ । अख्तियारले छानविन थालेपछि टेकुमा निर्माणाधिन सो पुल अलपत्र छ । ठेकेदारसँग मिलेर सरकारी कर्मचारीले समयमा काम नहुँदा पनि तेस्रो पटकसम्म म्याद थप सिफारिस गरेर धरौटी रकम फुकुवा गराउँदा सरकारलाई हानी–नोक्सानी हुन गएको आयोगको अनुसन्धानबाट थाहा भएको छ ।


प्रतिक्रिया दिनुहोस !