Friday, May 23, 2025

ट्रेन्डिङ :

बंगलादेशबाट मल आइपुग्न अझै तीन हप्ता लाग्ने

spot_img
spot_img

१९ पुस, काठमाडौं । सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार टन युरिया मल आइपुग्न अझै तीन सता लाग्ने भएको छ । प्रतीतपत्र (एलसी) खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

एलसीको ड्राफ्ट गरेर बंगालदेशलाई पठाएको र सो प्रक्रिया पुरा भएको १० दिनमा मल आउन सुरु हुने कम्पनीका सूचना अधिकारी बिष्णु पोख्रेलले बताए ।

‘एलसीको ड्राफ्ट गरेर पठाएका छौं, उनीहरु अध्ययन गर्दैछन् । एलसी टुंगोमा पुगेपछि मल आउन थाल्छ’ पोख्रेलले भने ।

एलसी प्रक्रियाका शर्तहरुबारे बंगलादेशले आवश्यक परिवर्तनसहित सहमति पठाएपछि एलसी खोल्ने र त्यसपछि रेल र सडकमार्ग हुँदै मल आउन सुरु गर्ने पोख्रेलको भनाइ छ ।

अब बढीमा तीन सातासम्म मल लोड हुन सुरुहुने उनले बताए । हाल देशभर मल पर्यप्त मात्रामा रहेकाले बंगलादेशी मल ल्याउन खासै हतारो पनि नभएको कम्पनीले जनाएको छ ।

चालु आवको टेण्डरमार्फत साल्ट ट्रेडिङ र कृषि कम्पनीले खरिद गरेको मल आयत भईरहेको र बिक्री पनि नियमित रहेको कम्पनीले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?