१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि



२० पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४०१ जनामा गरिएको परीक्षणमा २४४ पुरुष र १५९ जना महिला गरी ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५९४ पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६८ जना पुगेको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म १८८५ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !