Friday, February 7, 2025

ट्रेन्डिङ :

भारतीय एसएसबीको गोलीले घाइते युवाको अवस्था खतरामुक्त

spot_img
spot_img
spot_img

कञ्चनपुर : पुस २१, कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भारतीय एसएसबीले गोली चलाउँदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए ।

घुँडामुनि गोली लागेको सुनारको अवस्था खतरामुक्त छ । उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ । भारतीय बजार गडीगोठबाट फर्किंदै गर्दा जंगल क्षेत्रमा आफूमाथि गोली प्रहार भएको उनले बताएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?