Sunday, January 19, 2025

ट्रेन्डिङ :

हाम्रो पार्टी सम्धी र छोरीबुहारीवाला पार्टी होइन : ओली

spot_img
spot_img
spot_img

काठमाडौं : पुस २४, प्रधानमन्त्री केपी शर्मा ओलीले छोरी बुहारीको मतलब गर्नेले पार्टीले पार्टी मेरो भन्न नसुहाउने बताएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित जनसभालाई सम्बोधनमा ओलीले दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ‘पार्टी उहाँहरुको अरे, जसलाई छोरीको मतलब छ, बुहारीको मतलब छ, जनताको मतलब छैन, जसलाई आफन्तको मतलब छ, तिनको पार्टी हो कि तपाईंहरुको पार्टी हो’, प्रधानमन्त्री ओलीले भने, त्यस्तै आफ्नो पार्टी सम्धीवाला पार्टी नभएको पनि बताए । पार्टी सम्धीवाला पार्टी होइन, छोरीबुहारी वाला पनि होइन, भाइभतिजावाला पार्टी होइन, तपाईंहरुको पार्टी हो, देश बनाउने पार्टी हो, जनताको पार्टी हो ओलीले भने ।

आफ्ना पनि आफन्त भएको बताउँदै उहाँले आफ्ना एकजना आफन्तलाई माथिल्लो ओहदामा पुर्याएको देखाउन चुनौतीसमेत दिए । यस्तै, ओलीले देशभरबाट १० सिट जितेर देखाउन पनि दाहाल–नेपाल समूहलाई चुनौती दिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?