१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भारतको एक अस्पतालमा आगलागी, १० नवजात शिशुको मृत्यु



काठमाडौं : पुष २५, भारतको महाराष्ट्रमा शनिबार बिहान एक अस्पतालमा भएको आगलागीमा परि १० नवजात शिशुको मृत्यु भएको छ । समाचार एजेन्सी (एएनआई) का अनुसार सिक न्यू ब्रोन केयर युनिट (एसएनसीयू) मा शनिबार बिहान २ बजे आगलागी भएको हो । अस्पतालको युनिटमा १७ नवजात शिशू रहेकामा ७ शिशू भने सकुकल उद्धार गरिएको बताइएको छ । एक नर्सले अस्सपतालमा धुँवा देखेपछि आगो लागेको पत्तो लागेको थियो ।

त्यसलगत्तै अस्पताल प्रशासनलाई खबर दिइएकाले ७ शिशूको ज्यान बचाउन सफल भएको अस्पतालले जनाएको छ । मृत्यु हुने सबै शिशू ३ महिना भन्दा कम उमेरको भएको बताइएको छ । आगलागीका कारण शर्ट सर्किट भएको बताइएको छ । सो अस्पतालमा नाजुक स्थितीका शिशूहरुलाई उपचारका लागि राख्ने गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !