१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सात घण्टा बैठक बसेर अन्त्य भयो राष्ट्रिय सभाको हिउँदे अधिवेशन



काठमाडौं : पुष २६, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आइतवार अन्त्य गर्नुभएको हो । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएकाले आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने बताउनुभएको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवशेनमा चारवटा बैठक ७ घण्टा मात्रै बसेको थियो । प्रतिनिधिसभा भने पुस ५ गते नै विघटन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !