१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोना संक्रमणबाट ५ जनाको मृत्यु



काठमाडौं : माघ २, पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४ जनाको पीसीआर परीक्षण गरिएकामध्ये २७० जनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा शुक्रबारसम्म जम्मा संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९० जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ । हालसम्म क्वान्टिनमा २३१ जना छन् भने ४ हजार ३०१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !