Sunday, April 27, 2025

ट्रेन्डिङ :

दश गजामा क्याम्प खडा गर्ने एसएसबीको नेपाली भूमिमा लगाएको उखु र तोरी भित्र्याउन अबरोध

spot_img
spot_img

कञ्चनपुर : माघ ३, भारतीय एसएसबीले कञ्चनपुरको बेलौरी नगरपालिका १० को सडकघाट स्थित पिलर नम्बर ३४ र ३५ को बीचको नेपाली भुमिमा लगाएको उखु र तोरी भित्र्याउन अबरोध गरेको छ । भारतीय एसएसबीले नेपाल भारत सीमाको बीचको बाटो नोमेन्सलेण्डलाई प्रयोग गर्न नदिएपछि किसानले काटेको तोरी कुहिन र उखु खेतमै सुक्न थालेपछि त्यहाँका किसान चिन्तित बनेका छन् । भारतीय एसएसबीले बाटो प्रयोग गर्न नदिएपछि नेपाली किसानहरुले काटेको उखु मिलमा लैजान नपाएकपछि खेतबारीमा तोरी कुहिन थालेको छ भने काटेको उखु सुक्न थालेको बेलौरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष हरिलाल चौधरीले बताए ।

यस्तै सिमानामा नो मेन्सलेण्ड को एकिन नै नभएको बेला अहिलेसम्म नेपाल भारत दुबै पक्षले प्रयोग गर्दै आएको बाटोलाई नो मेन्सलेण्ड हो भन्दै भारतीय पक्षले कृषि कामको लागि प्रयोग गर्न नदिने कुरा भारतीय हेपाहा प्रबृती भएको अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लबराज भट्ट बताउँछन् । चोर शैलीमा आएर सीमा मिच्ने त कहिले नेपालीलाई थिच्ने र कहिले अन्नबाली भित्र्याउन नदिने जस्ता गतिविधि गरेर दिनहुँ भारतीय एसएसबीले दुख दिइरहेको भए पनि नेपालले भने कूटनीतिक तहमा वार्ता गरी सामाधानको प्रयत्न नगरेका स्थानीयको गुनासो छ ।

त्यस्तै बेलौरी नगरपालिका १० का कतिपय स्थानीयहरू भने एसएसबीले गत विवादीत भूमि बुधबार दशगजा क्षेत्रमा सुटुक्क अस्थायी क्याम्प राखे लगत्तै भुडाका स्थानीय र सुरक्षाकर्मीको पहलमा तत्काल हटाउन लगाएपछि भारतीय एसएसबीले त्यसको इगो साध्न उक्त जिकिर गरिरहेको बताउछन् । यद्यपि २३ जिल्लामा ७१ स्थानमा सीमा विवाद कायमै रहे संगै कञ्चनपुरको सीमा विवाद पनि टुंगिएको छैन । कञ्चनपुरको ब्रह्मदेब देखि पुनर्वासको प्यारा ताल सम्म करिब १ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा सीमा विवाद कायमै छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?