१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बैगुनी केटो योगेशले पुक्क लात्ता हानेर भाग्यो : ओली



काठमाडौं : माघ ३, प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रचण्ड नेपाल समूहमा लागेपछि योगेश भट्टराईलाई बैगुनी केटाकेटी’को संज्ञा दिएका छन् । शनिबार नेकपा ओली समूहको प्रदेश १ कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा ओलीले पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराई बैगुनी भएको बताए ।


उनले भने, ‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही (योगेश भट्टराई) केटो पो रहेछ । हामी त्यस्तो कुरामा अल्झिदैँनौँ, उनले भने, एउटा केटोले छाडेर केही हुँदैन। युवाहरुको हामीलाई कुनै कमी छैन,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !